दफा १६
पट्टा कबूलियतको प्रतिलिपि बही बुझ्ने अड्डामा पठाउने
यस ऐन बमोजिम नेपाल सरकारको तर्फबाट बन्दोबस्त भएको ठेक्कामा ठेकदारले कबुलियत गरी पट्टा उठाएको वा चलन पूर्जी लिएको सात दिनभित्र सो कबूलियत वा चलन पूर्जीको रीतपूर्वकको प्रतिलिपि आफ्नो बही बुझ्ने अड्डामा पठाउनु पर्छ ।